
काठमाडौं, मङ्सिर १७ । दुर्गा प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका छन् । आइतबार बिहान पत्रकारसम्मलेन गर्दै उनले फागुन १ गते ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने दाबी गरेका हुन् ।
प्रसाईंले मङ्सिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् । यसका लागि उनले आजैबाट स्वदेश तथा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीलाई सहयोगका लागि अपिल समेत गरेका छन् । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने पनि दाबी गरे ।
प्रसाईँले राजाले पनि चुप लागेर दरबारभित्र बस्न छाडेर जनताको आँसु पुछ्न सडकमा आउनुपर्ने बताए। उनले प्रदेश संरचना खारेज, विदेशमा बन्दी जीवन बिताएका युवाहरूलाई स्वदेश फर्काउने र ५० लाख युवालाई रोजगारी दिन माग राखेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे