
काठमाडौँ, मङ्सिर १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ स्वदेश फर्कँदै छन्। संयुक्त अरब इमिरेट्स दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुनुभई उनी आज स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा सहभागी हुने मंसिर १३ गते यूएई गएका थिए । उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्यालाई अन्त्य गर्न विश्व समुदायसँग आग्रह गरेका थिए।
प्रधानमन्त्री दाहाल आज साँझ ६ः ३० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे