
काठमाडौं, २२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोटबाट फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेटेर सभापति लामिछानेले सुझाव दिएका हुन् । सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई त्यहाँको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराए ।
विपद्का बेला समयमा नपुर्याइको सामानको महत्त्व हुँदैन रहेछ भन्ने सिकाइकासाथ फर्किएको बताउँदै उनले अविलम्ब प्रभावित क्षेत्रमा चाहिएका सामग्री पुर्याउन अनुरोध गरे । उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरूको गुणस्तरको पनि प्रश्न उठाएका छन् ।
जाजरकोटमा रहँदा केही दिन रेडियोमा भूकम्प प्रभावितका सूचनाका लागि आफै हेल्लो रवि कार्यक्रम चलाएका उनले जाजरकोट जस्ता विकट ठाउँमा सामुदायिक रेडियोलाई जोगाउनु पर्ने देखिएको बताएका छन् । सूचना आदान प्रदान गर्ने मुख्य माध्यम नै रेडियो भएकाले त्यस ठाउँमा रेडियो जोगाउन सरकारले कदम चालोस् भनेर ध्यानाकर्षण गराएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे