
काठमाडौं , जेठ ४। प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको छ ।
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बोलाइएको छ ।
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे