
काठमाडौँ ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न शाखा कार्यालयहरूका लागि शाखा प्रमुख पदमा कर्मचारीको माग गरेको छ।
कम्पनीले पोखरा, धरान, लेखनाथ, कुस्मा, ओखलढुङ्गा र जुम्ला शाखाका लागि शाखा प्रमुखको आवश्यकता रहेको जनाएको छ।
उक्त पदका लागि आवेदन दिन इच्छुक नेपाली नागरिकले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। योग्यता पुगेका उम्मेदवारहरूले जेठ ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।
रोजगारीको खोजीमा रहेका तथा बीमा क्षेत्रमा करियर बनाउन चाहने व्यक्तिहरूका लागि यो अवसर महत्वपूर्ण मानिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे