
काठमाडौँ , ४ चैत | अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठुला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए । आमजनतामा सार्वजनिक प्रशासन, राजनीति, अर्थतन्त्रका क्षेत्र, बैंक तथा वित्तीय संस्था चारैतिर निराशामात्रै देखिएकाले त्यसलाई चिर्नु अहिलेको चुनौती भएको अर्थमन्त्री पुनले बताए ।
मन्त्री पुनले भने , ‘राजनीतिक नेतृत्वमा समस्या छन्, शुद्धीकरणको आवश्यकता हामी आफैंले महशुस गर्दै आएका छौँ । यही कार्यशैली रहिरहने हो भने आजको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन, राजनीतिक र प्रशासनिक शुद्धीकरण जरुरी छ,’ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे