
काठमाडौँ ,२२ साउन| प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका छन् ।भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै तत्काल इन्धनको मूल्य घटाउन माग समेत गरे ।“नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा घाटा हुँदा त्यसको भार उपभोक्ताकामा, यो कहाँको न्याय हो, सभामुख महोदय”, ज्ञवालीले प्रश्न गरे ।
मूल्य घटाएर उपभोक्तालाई राहत दिन र सरकार भएको अनुभूति दिन आग्रह उनले गरे ।सांसद ज्ञवालीले ढिलै भएपनि चुनावको मिति घोषणा गरेकोमा धन्यवाद दिए ।निर्वाचनको मिति घोषणापछि कामचलाउ बनेको सरकारले संसदलाई बिजनेस दिन मिल्छ ? संसद्लाई नयाँ ‘विजनेश’ दिन नमिल्ने जिकिर गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे