
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई डिजिटल र सूचना प्रविधिको क्षेत्रमा अगाडि बढाउने योजना सार्वजनिक गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत शेयर गरिएको भिडियोमा उनले बताए अनुसार, पाँच वर्षभित्र नेपालले चार खर्ब बराबरको सूचना प्रविधि र डिजिटल उत्पादन निर्यात गर्न सक्ने सम्भावना छ।
गगन थापाले पहिले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर महिनामा तीन–चार लाख रुपैयाँ कमाउन सकिने कुरा गर्दा हाँसो र ट्रोलिङ भएको भए पनि त्यो हावादारी नभएको दाबी गरे। उनले भने, “मसँग यसका लागि स्पष्ट योजना छन् र यो सम्भव छ।”
थापाका अनुसार, यो योजना अनुसार नेपालमै दुई लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगार दिन सकिनेछ। साथै तीन–पाँचवटा आईटी कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गराउने योजना पनि अघि बढाइनेछ।
यो कार्यक्रमले नेपालमा डिजिटल र सूचना प्रविधिको विकाससँगै रोजगारीका अवसर बढाउने लक्ष्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे