
काठमाडौँ, असोज २३ । यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ ।
आज विभिन्न दुई सय ८२ कम्पनीका ४२ लाख ८७ हजार चार सय २४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ मा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत समूह एक दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको २० करोड ३७ लाख ९४ हजार नौ सय ९१ बराबरको चार लाख ३३ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ । रासस
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे