
काठमाडौँ, १० भाद्र । साताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २० दशमलव ५४ अङ्कले घटेर १ हजार ९९३ दशमलव ३८ विन्दुमा झरेको छ ।
यसदिन २८० वटा कम्पनिका ३८ लाख ९५ हजार कित्ता शेयर १ अर्ब २६ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
यसदिन सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर साढे ९ प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे