
काठमाडौँ । नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिले सन् २०२६ (हज १४४७) का लागि हज गर्न इच्छुक नेपाली इस्लाम धर्मावलम्बीका लागि आवेदन दिने म्याद पुनः थप गरेको छ।
यसअघि २०८२ भदौ ६ र असोज २१ गते प्रकाशित सूचनाअनुसार तोकिएको समयसीमामा आवेदन खुला गरिएको थियो। तर, साउदी अरब सरकारबाट नेपाललाई प्राप्त १,२०० कोटा तोकिएको म्यादभरि पनि पुरा नभएकाले समितिले आवेदन अवधि अझ १५ दिनका लागि लम्ब्याएको हो।
समितिका अनुसार हज आवेदकका लागि नव–निर्धारित अन्तिम म्याद २०८२ मंसिर ५ गतेसम्म कायम रहनेछ। निर्धारित कोटा अझै अपूर्ण रहेकाले छुट भएका इच्छुक व्यक्तिहरूलाई सो अवधिभित्र आवेदन दिन आग्रह गरिएको छ।
सिंहदरबारस्थित नेपाल हज समितिका अध्यक्ष मोख्तार अहमदले जारी गरेको सूचनामा हजका लागि आवश्यक औपचारिकता समयमै पूरा गर्न आग्रह गर्दै म्याद थप गरिएको जानकारी सर्वसाधारणमा सार्वजनिक गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे