
काठमाडौँ , असोज ९ | नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मङ्गलबार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औं वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् ।
कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न समय लागेको बताए ।
निर्देशक थानीले विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताए । निर्देशक थानीले मुलुकको अर्थतन्त्रमा टेवा पुर्य ाउने हिसाबले नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे