
काठमाडौं , २८ चैत। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नीजि र राज्यको सहकार्यमा एउटा नीति बनाउन आवश्यक रहेको बताएका छन् ।
आज नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभामा उनले संविधानले जुन दिशा निर्देश गरेको छ, त्यसैमा केन्द्रीत भएर एउटा बाटो अपनाउन पर्ने भन्दै यसमा नीजि र राज्यको सहकार्य आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीले जुन संविधान र आर्थिक नीति बनाएका छौं, त्यसले स्पष्ट दिशाबोध गरेको छ । तर हाम्रो बुझाईको एकरुपता छैन । संविधानमा नै के भनेको छ, हामीले नीजि क्षेत्र, बजार, राज्य र समुदाय यी तीन क्षेत्र सन्तुलन भूमिका भनेको छ । नीजि र राज्य क्षेत्रले सहकार्य नै गर्नुपर्छ । सबैले मन्थन गरेर एउटा हाम्रो बाटो के हो भनेर यसबारे एउटा नीति बनाउनु पर्ने थियो भन्ने मलाई लाग्छ । त्यसले संविधानले जुन दिशानिर्देश गरेको छ, त्यसैमा केन्द्रीत भएर एउटा बाटो नयाँ हामीले अपनाउन पर्ने हुन्छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे