
काठमाडौँ, फागुन २१ । नयाँ गठन हुने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने भएको छ । नेकपा–एमाले र नेकपा–माओवादी केन्द्रले मिलेर काम गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसको गुट फुटेको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता बाँडफाँड गर्ने तरिका परिवर्तन गर्ने निर्णय गरेको हो ।
नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् । पहिलो चरणमा एमाले, माओवादी र रास्वपाबाट एक–एक जना मन्त्री बनाउने तयारी भएको छ ।
अब बन्ने सरकारमा एमालेबाट पदम गिरी ,माओवादीबाट वर्षामान पुन , रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव सरकारमा सहभागी हुने भएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे