
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगले दिएको वैधानिकता बदर गर्न माग गर्दै शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत पुगेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा समूहको टोली सर्वोच्च अदालतमा पुगेर कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध रिट निवेदन दायर गरेको हो। कानुनी सल्लाहकार केशव जोशीका अनुसार, पार्टीको आधिकारिकता र विशेष महाधिवेशनको वैधानिकतामा आपत्ति जनाउँदै अदालतमा निवेदन पेश गरिएको हो।
देउवा समूहका बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित खड्काले पूर्वमहान्यायाधिवक्ता खमबहादुर खातीसहित रिट निवेदन दायर गरेका छन्। उनीहरूले विशेष महाधिवेशन र त्यसका आधारमा निर्वाचन आयोगले दिएको निर्णय कानुनविपरीत भएको दाबी गर्दै उक्त निर्णय तत्काल बदर गर्न अदालतसमक्ष माग गरेका छन्।
पार्टीको आन्तरिक विवाद र वैधानिकता सम्बन्धी यस मुद्दाले आगामी निर्वाचन तयारीमा महत्वपूर्ण प्रभाव पार्न सक्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे