
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिने बताएका छन्। प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले देउवासँग देशको राजनीतिक स्थिति र समाधानका विकल्पबारे गम्भीर छलफल भएको जानकारी दिए।
ओलीले देउवा क्षमता भएर नै पटक–पटक प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै प्रमुख दलका नेताहरूले भेटेर देशका कुरा गर्नु स्वाभाविक भएको बताए। उनले भने, “अर्थपूर्ण छलफल भयो, त्यसको परिणाम देखिन समय लाग्छ तर छिट्टै प्रकट हुन्छ।”
अहिलेको सरकारले कुनै आधारविना ‘टपक्क टिपेर टाँसिदिएको जस्तो’ देखिने टिप्पणी गर्दै ओलीले यसलाई फेद–टुप्पो नभएको सरकार भने। सरकार र जेन(जीबीच भएको सहमतिलाई उनले कलाविहीन नाटकको संज्ञा पनि दिए।
देश चलाउनका लागि कांग्रेस र एमाले दुवै जिम्मेवार रहेको उल्लेख गर्दै ओलीले राष्ट्रिय हितका विषयमा दुई दलबीच सहकार्य आवश्यक हुने धारणा राखे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे