
काठमाडौं, कात्तिक २ । दसैंका लागि घर जानेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दसैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ । घटस्थापनादेखि आजसम्म साढे तीन लाख व्यक्तिले उपत्यका छाडेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्।अहिले दैनिकरुपमा नागढुङ्गा, साँगााभञ्जाङ र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड छ। जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे