
काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवीतै उद्दार गरिएपनि उनको अवस्था गम्भीर रहेको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो। दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ । तर, उनको अवस्था गम्भीर रहेको छ ।
घटनापछि त्यहाँ स्थलगत निरिक्षण गर्न पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे