
काठमाडौँ , ३१ जेठ | आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजक विधेयकमाथि छलफल हुनेछ। बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवद्र्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भुमिका र भएका कामकारवाहीहरुको सम्बन्धमा छलफल हुनेछ । बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै विधायन व्यवस्थापनको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा सम्बन्धमा छलफल हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे