
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आउने आसन्न निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन्। देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्न लागेका आफ्नो निर्णय नेताहरूसँग साझा गरेका छन्।
आज निवास महाराजगञ्जमा डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँगको भेटमा पनि देउवाले आगामी प्रतिनिधि सभा चुनावमा डडेल्धुराबाट प्रत्यक्षतर्फ उम्मेदवार हुने योजना रहेको स्पष्ट पारेका छन्।
देउवाले विगतमा पनि डडेल्धुराबाट सफलता हात पारेका छन्। उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित भइसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे