
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिँदै आएको सरकारी अनुदानमा रोक लगाउने निर्णय गरेको छ। कोभिड-१९ महामारीसँग जुध्न अमेरिकी कंग्रेसद्वारा पारित राहत प्याकेजअन्तर्गत उच्च शिक्षालयहरूलाई उपलब्ध गराइने कोषमा हार्वर्डले प्राप्त गरेको रकममाथि विवाद उत्पन्न भएपछि यो निर्णय गरिएको हो।
राष्ट्रपति ट्रम्पले मंगलबार पत्रकार सम्मेलनमा भने, “हार्वर्डजस्तो धनी विश्वविद्यालयले करदाता नागरिकको पैसाबाट लाभ लिनु अनुचित हो। हामी त्यो पैसा साना व्यवसाय र जनता माझ पुनः वितरण गर्नेछौं।”
हार्वर्ड विश्वविद्यालयले करिब ८.६ मिलियन अमेरिकी डलर अनुदान पाएको थियो, जुन CARES Act अन्तर्गत शिक्षा मन्त्रालयमार्फत प्रदान गरिएको थियो। तर उक्त रकम विश्वविद्यालयको अर्बौं डलर बराबरको अन्तः कोष (endowment fund) भएको भन्दै आलोचना भइरहेको थियो।
हार्वर्डले भने उक्त रकम विद्यार्थी सहायता र अनलाइन शिक्षाका लागि प्रयोग गर्ने योजना बनाएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे