
काठमाडौँ, १९ कार्तिक । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलको उपाधि ओमानले जितेको छ । सुपर ओभरमा नेपाल ओमानसँग रनले पराजित भएको हो । किर्तिपुस्थित त्रिवि क्र्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य ओमानले निर्धारत २० ओभरमा १ सय ८४ रन नै बनाएपछि खेल टाई भएको थियो ।
सुपरओभरमा ओमानले २१ रन बनाएर २२ रनको जितको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । फाइनलमा पुगेका ओमन र नेपाल टी–२० विश्वकपमा छनोट भने भइसकेका छन् । आजको भिडन्त उपाधिको लागी मात्र थियो ।
आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा शुक्रबार युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे