
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा आज आफ्नो गृहजिल्ला झापा पुग्नुभएको छ। उहाँ हवाइमार्ग हुँदै भद्रपुर विमानस्थलमा अवतरण गर्नुभएको थियो।
ओली झापा-५ बाट निर्वाचनमा उम्मेदवार बन्ने योजना बनाउनु भएको छ। उहाँको साथमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि उम्मेदवार बन्न पक्का भइसकेका छन्। बालेन आजै झापा जाने कार्यक्रम रहेको र जनकपुरमा आयोजित सभामा सहभागिता जनाएपछि झापा प्रस्थान गर्ने रास्वपाले जनाएको छ।
यसरी दुवै पक्षले फागुन २१ का प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी सुनिश्चित गर्दै निर्वाचन तयारीलाई तीव्रता दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे