
एजेन्सी | जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्प गएको थियो । भूकम्पपछि बेपत्ता भएका २५० जनाको खोजीमा उद्धारकर्ताहरू लागिरहेका छन् ।जापानको सेल्फ डिफेन्स फोर्सले उद्धार र राहतमा भाग लिने सेनाको संख्या दोब्बर बनाएर ४,६०० पुगेको क्योडो समाचार एजेन्सीले जनाएको छ।
धेरै मानिसहरु भत्किएका घरहरु मुनि फसेको अनुमान गरिएको छ । भत्किएका घरहरु मुनि फस्नेमा धेरै जसो सुजु र वाजिमा सहरका रहेका छन् । हजारौं बासिन्दाहरू अझै पनि बिजुली र पानीविहीन रहेका छन् । सयौं बासिन्दा पहिरो र अवरुद्ध सडकहरूको कारण मद्दतबाट टाढा समेत रहेका छन् ।
सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्पहरू गएका थिए । भूकम्प पीडितको उद्धार तथा राहत वितरण अहिले पनि जारी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे