
काठमाडौँ । वैदेशिक रोजगार विभागले पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली धेरै ठगीमा परिरहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। विशेषगरी ब्याचलर, कुक र सिपयुक्त कामदारको भिसामा जानेहरू बढी समस्यामा परेका छन्। टोकियोस्थित नेपाली दूतावासका अनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर जापान पुगेकाहरूबाट चर्को पैसा असुल्ने, भनेअनुसारको काम र तलब नदिने उजुरी धेरै आएका छन्।
दूतावासले यस्ता उजुरी बढेपछि विभागलाई पत्र लेखेर जानकारी गराएको छ। विभागका अनुसार वैदेशिक रोजगारको अनुमति नपाएका कन्सल्टेन्सी, संस्था र व्यक्तिले जापानमा काम लगाइदिने भन्दै अवैध रूपमा श्रमिक पठाइरहेका छन्। विभागले यस्तो गैरकानुनी काम नगर्न चेतावनी दिँदै जापान जाने श्रमिकलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे