
एजेन्सी । टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा आगो लागेको छ । विमान आगोलागिबाट ५ जनाको मृत्यु भएको छ । विमानमा ३७९ यात्रुहरु रहेका थिए । सयौं यात्रु बोकेको जापान एयरलाइन्सको विमान मंगलबार टोकियोको हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा भूकम्प पीडित उद्धार विमानसँग ठोक्किएर आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो ।
यात्रु विमानमा आगो लागेपछि सबै यात्रुलाई बाहिर निकालिएको थियो । कोस्ट गार्डको विमान, बम्बार्डियर ड्यास – ८ मा सवार छ जना चालक दलका सदस्यहरू मध्ये एक मात्र बाँच्न सफल भएका छन् ।
भाग्न सफल भएका एक क्याप्टेन भने गम्भीर घाइते भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे