
जाजरकोट, १८ कार्तिक । जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ ।
भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । यसैगरी, रुकुम पश्चिममा ३६ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।
१४१ भन्दा बढी घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हाम्रा सम्वाददता अमरराज पुनले जानकारी दिएका छन् । त्यहाँ पनि सय बढी घाइते भएका छन् । मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्लास्थित नेपाल टेलिभिजनका सम्वाददाताहरुले पनि मृत्यु र घाइते हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन् ।
यसैगरी जाजरकोटको नलगाड नगरपालिका बढी प्रभावित भएको छ । भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ । सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे