
काठमाडौँ,कात्तिक २४ । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कर्णाली प्रदेश अस्पतालमा उपचाररत रूकुम पश्चिमको चौरजहारी नगरपालिका १ का २५ वर्षीय निरज विष्ट रहेका छन् ।
उनको आइसीयूमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ। विष्ट आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
यससँगै जाजरकोट र रुकुम पश्चिम भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १५४ पुगेको छ । भूकम्पमा परी रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे