
काठमान्डौ – पशुपति क्षेत्र विकास कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार मन्त्री आलेले पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै आफूलाई बदनाम गर्न खोजेको आरोप लगाए ।
मैले मेरो पार्टीका आदरणीय नेता माधवकुमार नेपाललाई त्यति बेलै भनेको थिएँ अरू साथीहरूलाई मौका दिने इच्छा छ भने दिनुस्, म खुसी छु,’ उनले अगाडि भने, ‘तर, हाम्रै पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले किराहरू आलेले धेरै चलखेल गर्यो भनेर अन्तर्वार्ता दिइरहेका छन् । उहाँले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो ।उनले भने मलाई कुनै मन्त्रीको लोभ छैन, म जति दिन, जति समय यो कुर्सीमा बस्छु देश र जनताको शिर ननिहुरिने गरी काम गर्छु ।
मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको बिरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडा अध्यक्षको पनि साथ रहने विश्वास रहेको बताउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे