
एजेन्सी | चीनको दक्षिणी जियाङ्सी प्रान्तका केही पसलमा बुधबार भएको भीषण आगलागीमा परी ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।
घाइतेहरुलाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । यद्यपी कति जना घाइते भएका छन् भन्ने सरकारले भने खुलाएको छैन ।
जियाङ्सी प्रान्तको युशुई जिल्लाका अधिकारीहरूले बुधबार दिउँसो ३:२४ बजे एक किनमेल क्षेत्रको तहखानेमा आगलागी भएको बताएका छन्। तत्कालै उद्धारकर्मी, दमकल, प्रहरी र स्थानीय अधिकारीहरू घटनास्थलमा खटिएका थिए।
स्थानीय अधिकारीका अनुसार आगलागी के कारणले भएको हो ? यो यकिन भइरहेको छ। तर, खोजी तथा उद्धार कार्य जारी छ ।
यसअघि शनिबार चीनका दुई फरक ठाउँमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको थियो । पहिलो घटना हेनान प्रान्तको यान्सानपु गाउँमा भएको थियो भने दोस्रो घटना जियाङ्सी प्रान्तमा भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे