
एजेन्सी | चीनका युनान प्रान्तको एउटा सहरमा पहिरो जाँदा छ । अझै दर्जनौं मानिस बेपत्ता रहोका छन् । झाओटोङमा सोमबार स्थानीय समय अनुसार ०५: ५१ मा पहिरो जाँदा ४७ जनाको मृत्यु भएको थियो। सोमबार राति १० बजेसम्म ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।
५०० भन्दा बढी मानिसहरूलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ र लगभग १००० उद्धारकर्मीहरू घटनास्थलमा उद्धार कार्य गरिरहेका छन् । चिनियाँ उप(प्रधानमन्त्री झाङ गुओकिङले उद्धार कार्यलाई निर्देशन दिन एउटा समूहलाई घटनास्थलमा लिएर गएको बताइएको छ । रातभर खोजी र उद्धार प्रयास जारी रह्यो,अग्नी नियन्त्रक ली शेङलोङले राज्यको समाचार संस्था सिन्ह्वालाई भने। भत्किएको वस्तु लगभग १००मिटर चौडाइ, ६० मिटर उचाइ, औसत मोटाई ६ मिटर रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे