
काठमाडौं, कात्तिक १० । हृदयाघातका कारण चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । बिहीबार राति १२ बजेर १० मिनेटमा उहाँको हृदयाघातका कारण मृत्यु भएको टिभीले जनाएको छ । शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण उनको निधन भएको चिनियाँ सञ्चार माध्यमले नजाएका छन्।
६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए । ६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए ।
उहाँ राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियताका नेता हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे