
गोरखा , जेठ ५ । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको छ । तामाङको शुक्रवार बेलुका ४ बजेको समयमा मुगे स्थित चेपे खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हो ।
यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको हो । ठुलो आमाको घरमा बस्दै आएका समीर करिब ३ बजेको समयमा पौडी खेल्ने क्रममा दरौदी नदीमा डुबेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे