
काठमाडौं, वैशाख २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । आजको गण्डकी प्रदेश सभामा भएको मतदानमा पाण्डेले ३५ मत प्राप्तगरेका थिए भने विपक्षमा २२ मत परेको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा काँग्रेसको २७, माओवादी केन्द्रका ७ र मनाङबाट स्वतन्त्र हैसियतमा जितेर एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका राजीव गुरुङले पाण्डलाई मत दिएका थिए । राप्रपा भने विश्वासको मत लिने कार्यक्रममा सहभागी भएन ।
नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको समर्थनमा कांग्रेस संसदीय दलका नेता पाण्डे यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे