
काठमाडौं, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले जनभावना अनुसार काम गर्न नसकेको बताएका छन् ।
कोशी प्रदेश प्रथम अधिवेशन उद्घाटन गर्न आज विराटनगर पुगेका ओलीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भनें, “यो सरकारले केही काम गरेन । अब दलहरूले विकल्पबारे छलफल गर्दा हुन्छ ।”
ओलीले आफूहरूले सरकारमा जान नचाहेको बताए । गठबन्ध सरकार भनिए पनि कांग्रेस कहाँ छ भन्ने प्रस्ट नभएको भन्दै ओलीले सरकार अपराधीको संरक्षकजस्तो देखिएको आरोप लगाए ।
उनले भने , ‘ सरकार अपराधीको संरक्षकका रुपमा देखिएको छ । यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ’ ।
ओलीले विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टीको कोसी प्रदेश अधिवेशन आज उद्घाटन गर्दै छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे