
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
भण्डारीले पार्टीभित्र साथीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै सभापति बन्ने इच्छा स्पष्ट भएको बताएका छन्। उनले कांग्रेसको नेतृत्वका लागि आफू तयार रहेको र आफ्नो सोच र दृष्टिकोण पनि तय भइसकेको उल्लेख गरेका छन्।
उनले देश, जनता, प्रजातन्त्र र पार्टी संगठनको हित जहाँ उभिन्छ, आफू पनि त्यही अनुसार अघि बढ्ने बताए। आवश्यक परे शून्यदेखि सयसम्म जस्तोसुकै भूमिकामा काम गर्न तयार रहेको उनको भनाइ छ।
भण्डारीले पार्टीका साथीहरूको सुझाव, समयको आवश्यकता र राजनीतिक अवस्थालाई ध्यानमा राखेर आगामी कदम चाल्ने पनि स्पष्ट पारेका छन्। उनले अन्त्यमा “जय नेपाल” भन्दै आफ्नो सन्देश टुंग्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे