
काठमाडौँ — नेपाली कांग्रेसभित्र उत्पन्न आधिकारिकता विवादका बीच पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरू निर्वाचन आयोग पुगेका छन्। विशेष महाधिवेशनमार्फत गगन थापा पार्टी सभापतिमा निर्वाचित भएपछि दुवै पक्षले आफू आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिएपछि आयोगले छानबिन प्रक्रिया अघि बढाइरहेको छ।
देउवा पक्षका नेता कल्याण गुरुङका अनुसार केन्द्रीय समितिका पदाधिकारी, जिल्ला सभापति, भातृ संगठन तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसहितको टोली आयोग पुगेको हो। आयोगमा आफ्ना धारणा र तथ्य प्रस्तुत गर्न उपस्थित भएको उनले जानकारी दिए।
पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म सञ्चालन भएको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए। यसपछि सभापति देउवा पक्ष र थापा पक्ष दुवैले आफू नै पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गर्दै निर्वाचन आयोगमा छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन्। आयोगले ती निवेदनमाथि आवश्यक छानबिन जारी रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे