
काठमाडौं,१६ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ।
बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जानकारी दिएको हो।
परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ। नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ।
त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने बोर्डले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे