
काठमाडौँ, ०१ वैशाख । एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो दोस्रो खेलमा आज नेपालले कतारसँग खेल्दैछ । ओमानमा जारी यो नेपाली समय अनुसार अपरान्ह ४स्१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको थियो । टस जितेर सुरवाती ब्याटिङ गरेको मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् ।
समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया रहेका छन् । नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी र अभिनाश बोहरा रहेका छन् ।तेस्रो खेल नेपालले वैशाख ३ गते हङकङसँग खेल्दैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे