
काठमाडौँ, ७ असोज । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाई गरेको छ।
आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष चतुबहादुर चन्द, सचिव पारस खड्कालगायतका पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।
आज जाने टिममा सन्दीप लामिछाने भने आज जाने छैनन । काठमाडौं जिल्ला अदालतले उनीविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज राखेका कारण सन्दीप चीन नजाने भएका हुन ।उनी भोलि उड्ने बताइएको छ ।
नेपाली क्रिकेट टोली आज मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत हाङ्झाव उड्ने छ ।
नेपाली टोलीमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सन्दीप जोरा , विनोद भण्डारी , सोमपाल कामी, करण केसी, गुल्सन झा, आसिफ शेख, कुशल भुर्तेल, विवेक यादव, प्रतिश जिसी ,कुशल मल्ल र अविनाश बोहरा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे