
काठमाडौँ, ११ श्रावण । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा सार्वजनिक गर्नुअगाडि बोर्डको बैठक बसेको थियो । कोभिडका कारण दुई वर्ष आन्तरिक मूल्याङकनका आधारमा परीक्ष सञ्चालन भएको भए पनि यो वर्ष भने बोर्डले नै एसईई परीक्षा नै सञ्चालन गरेको थियो । यो पटक ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।
नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np तथा www.neb.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर थाहा पाउन सकिन्छ । बोर्डका अनुसार अन्य वेवसाइट मार्फत पनि नतिजा हेर्न सकिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे