
काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको ११औँ महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै उनले आफ्नो राजनीतिक यात्रा र भूमिकाको मूल्यांकन गरेर मत दिन कार्यकर्तासँग आग्रह गरेका हुन्।
भिडियोमा बस्नेतले देशमा जातीय र धार्मिक द्वन्द्व फैलाउन खोज्ने शक्तिहरूको एमालेले निरन्तर प्रतिवाद गर्दै आएको दाबी गरेका छन्। पहाड–मधेशबीच द्वन्द्व सिर्जना गर्ने प्रयास, पहिचानका नाममा प्रदेश टुक्र्याउने योजना र धार्मिक सद्भाव बिथोल्ने गतिविधिविरुद्ध आफूले सक्रिय भूमिका खेलेको उनले बताए।
माओवादी द्वन्द्वकालमा समाज र एमाले कार्यकर्ताको सुरक्षाका लागि ‘युथ फोर्स’ नेतृत्व गरेको स्मरण गर्दै बस्नेतले कठिन परिस्थितिमा पनि समाजको मनोबल उच्च राख्न योगदान दिएको उल्लेख गरे। युवासंघको नेतृत्वदेखि सांसद र मन्त्रीसम्मको जिम्मेवारीमा नीति निर्माण र पार्टी संगठन मजबुत बनाउन काम गरेको दाबी गर्दै उनले सचिव पदका लागि समर्थन मागेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे