
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे हुँदैछ। यस खेलमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्स आमनेसामने हुनेछन्।
लिग चरणमा सुदूरपश्चिमले सातमध्ये छ खेल जितेको थियो भने विराटनगरले सातमध्ये पाँच खेलमा विजय हासिल गरेको थियो। सुदूरपश्चिमले प्रतियोगिताको लिग चरणमा केवल विराटनगरसँग मात्र हार व्यहोरेको थियो, जबकि विराटनगर चितवन र लुम्बिनीसँग पराजित भएको थियो।
आजको खेल जित्ने टोली सिधैँ एनपीएलको फाइनलमा प्रवेश गर्नेछ। हार्ने टोलीले भने इलिमिनेटर खेलमार्फत फाइनलमा पुग्ने दोस्रो मौका पाउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे