
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा बुधबार अपराह्न ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। यो खेल नकआउट चरणको भएकाले जित्ने टोली मात्र उपाधि दौडमा रहनेछ भने हार्ने टोलीको प्रतियोगिता यात्रा यहीँ समाप्त हुनेछ।
लिग चरणको अंक तालिकामा काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेका छन्। यसअघि लिग चरणमै भएको भेटमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो।
आजको खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा भोलि विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। अब इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि विराटनगरसँग भिड्नुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे