
काठमाडौं, मङ्सिर १६ । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका(१६ को अध्यक्षका लागि मतदान गरेका छन् ।काठमाडौं महानगरपलिका (१६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् ।
पक्नाजोलस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै कुरा उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘बिहानको समय छ । काठमाडौंको मौसम ठण्डाठण्डा भएको हुनाले अलि घाम लागेपछि यहाँ भीडभाड बढ्ला । निर्वाचनको व्यवस्थापनदेखि सबैकुरा राम्रो छ । बढी भन्दा बढी मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेर एउटा राम्रो वडाध्यक्ष बन्नको लागि मतदान गर्नुहोला । यो तपाईंहरुको अधिकार हो, त्यसको सदुपयोग गर्नुहोला ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे