
काठमाडौँ । इन्डोनेसियाको टर्नेट टापु नजिकको मोलुक्का समुद्र मा बिहीबार बिहान ७।४ म्याग्निच्युडको भूकम्प गएको छ। यसमा कम्तीमा एक जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहान ६ :४८ बजे करिब ३५ किलोमिटर गहिराइमा गएको भूकम्पपछि प्रारम्भमा सुनामीको चेतावनी दिइएको थियो, तर पछि फिर्ता लिइयो।
उत्तर सुलावेसीमा ७० वर्षीया एक महिला भवनको भग्नावशेषमा पुरिएर मृत्यु भएकी छिन् भने अर्का एक व्यक्तिको भवनबाट हाम फाल्दा खुट्टा भाँचिएको छ, इन्डोनेसियाको राष्ट्रिय समाचार एजेन्सी ले रिपोर्ट गरेको छ। यस क्षेत्रमा भूकम्पको गतिविधि धेरै उच्च छ। केही स्थानीयले बीबीसीसँग भने, यो कम्तीमा विगत ६ वर्षमा महसुस गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो।
सुरूमा प्रशान्त सुनामी चेतावनी केन्द्र ले गुआम, जापान, मलेसिया, पपुवा न्यू गिनी, फिलिपिन्स र ताइवानमा ०।३ मिटरभन्दा कम अग्ला सुनामीको सम्भावना भएको चेतावनी दिएको थियो। तर दुई घण्टा पछि चेतावनी हटाइयो। मध्य मानाडो का पत्रकार ईश्वरा सफित्रीले आफ्नो कोठाको फर्निचर केही सेकेन्डसम्म हल्लिएको अनुभव सुनाइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे