
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मंगलबार देशभरका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
हिजो आकस्मिक रुपमा बसेको बिशेष मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि थियो ।
बैठकपछि संचारमन्त्री रेखा शर्माले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो ।
शनिवार पश्चिम एसियाली राष्ट्र इजरायलमा प्यालेष्टाइनी अतिवादी समुह हमासले अचानक आक्रामण गरे पछि ‘पढने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपालीको मुत्यु भएको थियो ।
सोही हत्याको शोकमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे