
काठमाडौँ – स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आ.व. २०८०/८१ सम्म देशभरमा कुल ८२,९२,१४१ जनसंख्या बीमित भइसकेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय जनगणना २०७८ को आधारमा यस अनुसार बीमित जनसंख्याको प्रतिशत २८ रहेको छ। उक्त आर्थिक वर्षमा कुल क्रियाशील बीमित जनसंख्या ५०,१२,२१३ पुगेको छ, जुन राष्ट्रिय जनगणनाको आधारमा १७ प्रतिशतको दरमा पर्दछ।
बीमित परिवारको आंकडामा हेर्दा आ.व. २०८०/८१ सम्म जम्मा २६,०८,१३९ परिवार बीमामा आबद्ध छन्। यसमा जेष्ठ नागरिकलाई एक इकाई परिवारको रूपमा समावेश गरिएको छ। कुल क्रियाशील परिवार संख्या १८,७४,२२८ रहेको छ भने जेष्ठ नागरिक परिवारहरूको क्रियाशील संख्या १०,०६,९५३ पुगेको छ। यी आंकडाले राष्ट्रिय जनगणनाको आधारमा कुल क्रियाशील परिवारमा २८ प्रतिशत आबद्धता रहेको देखाउँछ।
विगत वर्षको नवीकरण तथ्यांकअनुसार कुल परिवारको नवीकरण प्रतिशत ६७ प्रतिशत रहेको छ भने जनसंख्यामा नवीकरण दर ५४ प्रतिशत पुगेको छ। अनलाइन माध्यमबाट नवीकरण गर्ने परिवारको प्रतिशत अहिलेसम्म ०.६ प्रतिशतमा सिमित छ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आ.व. २०८०/८१ सम्म देशभरमा कुल ४५४ सेवा प्रदायक स्वास्थ्य संस्था दर्ता भइसकेका छन्। यसमा ३९४ सरकारी, २६ सामुदायिक र ३४ निजी सेवा प्रदायक रहेका छन्। उक्त वर्षमा नयाँ रूपमा १६ संस्था दर्ता भएका छन् भने ४२ संस्थाको नवीकरण गरिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा कुल ९७,०४,३७८ दाबीहरू प्राप्त भएका थिए। जसमध्ये मूल्याङ्कन भइसकेको दाबी संख्या ६९,८७,९९१ रहेको छ। अघिल्ला वर्षहरूमा मूल्याङ्कन भइसकेको दाबी संख्या २४,१५,८५५ रहेकोमा, हाल आ.व. २०८०/८१ मा मूल्याङ्कन भइसकेको दाबी संख्या ४५,७२,१३६ पुगेको छ। विगतमा स्वीकृत नगरेका दाबी ८४,९४१ रहेका छन् भने प्रति दाबी औसत रकम १,९९५ रुपैयाँ रहेको छ।
स्वास्थ्य सेवा उपभोगको तथ्यांकअनुसार, कुल बीमित जनसंख्याको ४३ प्रतिशतले स्वास्थ्य सेवा उपभोग गरेको देखिन्छ। यी तथ्यांकले स्वास्थ्य बीमा कार्यक्रमको पहुँच र सेवा उपयोगको वास्तविक स्थिति स्पष्ट रूपमा दर्शाउँछ।
आ.व. २०८०/८१ मा स्वास्थ्य बीमा: बीमित ८२ लाख, सेवा उपभोग ४३%
२०८०/८१ मा कुल दाबी ९७ लाख, मूल्याङ्कन ६९ लाख पुगेको तथ्यांक सार्वजनिक
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदायक ४५४, परिवार नवीकरण ६७%
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे