
काठमाडौँ, माघ १२ । नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली काँग्रेसले २००३ माघ १२ मा पहिलो अधिवेशन गरेको थियो । यहिँ दिनलाई आधार मान्दै नेपाली कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
काँग्रेस पार्टी सचिवालयका अनुसार स्थापना दिवसको अवसरमा सातै प्रदेश र जिल्लामा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी रहेको छ । आज दिउँसो कांग्रेसको केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे