
काठमाडौँ । आज विश्वभर विश्व रेडियो दिवस मनाइँदै छ। रेडियोको महत्व, योगदान र भविष्यबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी १३ मा यो दिवस मनाउने गरिन्छ। यो दिवस मनाउने पहल युनेस्को ले गरेको हो।
रेडियो सूचना, शिक्षा र मनोरञ्जनको सबैभन्दा सहज र सस्तो माध्यम मानिन्छ। इन्टरनेट वा टेलिभिजन नपुगेका दुर्गम गाउँ–बस्तीहरूमा समेत रेडियो सजिलै सुन्न सकिन्छ। प्राकृतिक विपद्, महामारी, निर्वाचन, स्वास्थ्य सचेतना तथा आपतकालीन अवस्थामा रेडियोले सही सूचना छिटो पुर्याउन ठूलो भूमिका खेलेको छ।
नेपालजस्ता पहाडी र भौगोलिक रूपमा चुनौतीपूर्ण देशमा रेडियो अझै पनि जनताको विश्वासिलो साथी बनेको छ। स्थानीय भाषामा कार्यक्रम प्रसारण गर्ने सामुदायिक रेडियोहरूले स्थानीय समस्या, संस्कृति र पहिचानलाई संरक्षण गर्न महत्वपूर्ण योगदान दिएका छन्। किसान, महिला, युवा तथा सीमान्तकृत समुदायको आवाज बुलन्द गर्न रेडियो प्रभावकारी माध्यम बनेको छ।
डिजिटल युगमा सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म बढे पनि रेडियोको महत्व कम भएको छैन। अहिले एफएमसँगै अनलाइन रेडियो र मोबाइल एपमार्फत पनि रेडियो सुन्न सकिने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे